म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

लन्डन । बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले आज बिहान पुष्टि गरेको छ । गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली ...

बम विस्फोटमा बीस घाइते

बैकक । बैककस्थित एक सैनिक अस्पताल सोमबार भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  प्रांरम्भिक समाचार अनुसार बम विस्फोट भएको यसमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप प्रहरी प्रमुख सिभारा रङ्गसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताउनु भएको छ । रासस÷एएफपी

राष्ट्रपति ट्रम्प इजरायलमा

इजरायल । मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दै हुनुहन्छ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गर्नु भएका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लाग्नु भएको हो । राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक...

आर्थिक नाकाबन्दीको चेतावनीका बाबजुद उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण

सोल (दक्षिण कोरिया), ७ जेठ । उत्तर कोरियाले आइतबार पुनः अर्को क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) को परीक्षण गरेको छ ।  अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमा देखाएको लगातारको मोहपछि संयुक्त राष्ट्रसङ्घद्वारा कडा नाकाबन्दी लगाउनुपर्ने भनिरहेका समय प्योङयाङले यो अर्को परीक्षण गरेको हो । दक्षिण कोरियाले आइतबार गरेको परी...

अफगानिस्तानको जाबुलमा बीस प्रहरी मारिए

अफगानिस्तान । सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् । दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिनुभयो । “हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजा...

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उहाँले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नु हुनेछ । तपाइँहरुले सदैब ...

ट्रम्पको पहिलो विदेश भ्रमण साउदी

रियाद । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुग्नु भएको छ । साउदीमा उहाँलाई भव्य स्वागत गरिएको छ भने उहाँले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्नुहुने अपेक्षा गरिएको छ । गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुस...

आत्मघाती कार बम हमलामा १८ जनाको मृत्यु

बग्दाद । इराकको राजधानी बग्दाददेखि दक्षिणी क्षेत्रमा प्रहरीलाई लक्षित गरी दुई ओटा आत्मघाती बम हमला हँुदा १८ जनाभन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शुक्रबार राति अबेर भएको आक्रमणमा परी अन्य २० जना घाइते भएका छन् । मृत्यु भएका र घाइतेमध्ये अधिकांश प्रहरी नै भएको बताइएको छ । विस्फोटनका कारण प्रहरी कार्यालयको भवन ...

अफगानिस्तानमा पछिल्लो कारबाहीमा ११३ जना मारिए

काबुल । अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने अरु झन्डै ५० जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् । सुरक्षा फौजले लडाकुहरुले आक्रमणका लागि तयार पारेक...

विस्फोटनमा परी छ जनाको मृत्यु

बोगोटा । कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । सो घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको घटना...