अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा

नयाँ दिल्ली, ३ असोज / दक्षिण भारतीय राज्य तमिल नाडुको सत्ताधारी दल अन्ना द्रविडा मुन्नेत्रा खाजघामका विभिन्न १८ जना सांसदले सभामुख पि धनपालले कानून विपरीत हुनेगरी आँफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मङ्गलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् । सांसदहरूको निवेदन उपर सम्भवत बुधबार सुनुवाई हुनेछ । “आज (मङ्गलबार) अयोग्...

अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ–सुकी

नेपित /  म्यानमारका विदेशमन्त्री एवम् यहाँकी राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गर्नुभएको छ । साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताउनुभएको छ । अहिलेसम्म म्यानमारबाट उक्त देशका चार ...

अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

काबुल, २ असोज / अफगानिस्तानको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा देशभरी गत चौविस घण्टामा ७७ जनाभन्दा बढी विद्रोहीहरू मारिएका छन् । रक्षा मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अरु ७३ जना विद्रोहीहरू घाइते भएको पनि उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “अफगानी सुरक्षा फौजले १६ वटा सुरक्षा सफाई अभियान चलाएको थियो भने १४ विषेश सुरक्षा कारबा...

हवाई आक्रमणमा परी इराकमा ३०६ आइएस लडाकू मारिए

बग्दाद, २ असोज/  इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ । जेट लडाकू विमान मार्फत् यही सेक्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो । अकासात, आना, अल क्विम लगाय...

सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता

काठमाडौँ, २ असोज / नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गर्नुभएको हो । नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन ग...

हवाई कारबाहीमा नौ आतंककारी मारिए

काबुल /अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा आइतबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । नान्र्गाहार प्रान्तको आचिन जिल्लामा लुकेर बसेका आतंककारीलाई लक्षित गरी भएको हवाई कारबाहीमा ती आतंककारी मारिएका सोमबार गृह मन्त्रालयद...

भारतको उत्तरी राज्यमा डुंगा दुर्घटना हुँदा दशको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जन...

अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क / अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ । उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचारमा जनाइएको छ । सोही क्रममा उहाँहरुबीच भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीचको भेटवार्ताको समाचार सङ्कलनका लागि त्यहाँ पुगेका...

बङ्गलादेशमा छ लाख बालबालिका विस्थापित हुने अनुमान

बङ्गलादेश, १ असोज / यस बर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ । रोहिङ्गा समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस बर्षको अन्त्यसम्ममा त्यति ठूलो सङ्ख्यामा बाहिरिनुपर्ने अवस्था आएको सहायता समूहले जनाएको छ । बुद्ध धर्मावलम्बीह...

इरानको सर्वोच्च नेताद्वारा आणविक सम्झौता उल्लङ्घन गरेको भन्दै अमेरिकाको आलोचना

इरान, १ असोज / इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले अमेरिकाले आणविक सम्झौताबारे इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतालाई उल्लङ्घन गर्न नहुने बताउनुभएको छ ।  सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लङ्घन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी जनाउनुभएको छ । ...