भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली, ५ फागुन / भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । उहाँहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् । चाबहारमा बन्दरगा...

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

पाकिस्तान, ५ फागुन / पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भा...

रुसी नागरिकमाथि हस्तक्षेपकोे आरोप

वासिङ्टन । गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रुसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ । संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको सो अनुसन्धानबाट खुलेको बताएका छन् । एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि यो आरोप ...

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

अफगानिस्तान / अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ । दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा गएको बिहीबार साँझदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु १५ जना घाइते भएका छन् । घाइते भएका ती लडा...

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटी / मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भ...

पश्चिमी राकामा सामूहिक चिहान फेला

दमासकस, ४ फागुन / सिरियाको राका प्रान्तको पश्चिमी भागमा एक सामूहिक चिहान फेला परेको छ । तीसभन्दा बढी व्यक्ति रहेको यस चिहानमा इस्लामिक स्टेट्स (आईएस) समूहले हत्या गरेका व्यक्ति रहेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएको छ । हालका महिनाहरूमा त्यस क्षेत्रमा यस प्रकारको चिहान सेनाले फेला परेको यो तेस्रो पटक भएको बताइएको छ । ...

लिबियामा जनमत संग्रहकालागि कानुन बन्दै

त्रिपोली ।  लिबियाको संविधान सभाले जनमत संग्रह सम्वन्धी कानुन निर्माण गर्न बिहीबार संसदको अधिवेशन आह्वान गरेको छ । “संविधान सभाले मस्यौदा संविधान पारित गर्न खोजीरहेको छ, तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएकोले हामी जनमत संग्रहका लागि कानुन बनाउदै छौँ” लिबियाको संविधान सभाका प्रमुख नूह अब्दुल्लाहद्धारा जारी वक्तव्यमा उल्लेख छ । “जनमत संग्रह ...

कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

दोहा । कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ । सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस...

इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

क्वीटो / इक्वेडरमा यहाँको एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा पनि ३३ जनाको मृत्यु भएको समाचार छ । सो अवधिमा ३८३ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ । ती दुर्घटनाहरु यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । ती चार दिन यहाँका स्थान...

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

वासिङ्टन / अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चल...