ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

ब्रसेल्स / बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो । इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गर्नुभएको छ । उ...

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को / दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरे...

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

ढाका / बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको...

अचम्म : २५ वर्षे युवतीले प्राकृतिक रुपमा एकैपटक जन्माइन् ७ बच्चा, ६ छोरी र एक छोरा

इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ । रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ । २५ वर्षे नाम नखुलाएकी महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो दे...

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

बेइजिङ / चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नुभएको हो । उहाँलाई सन् २०१७...

कायरो विस्फोटको लिबियाद्वारा निन्दा

त्रिपोली / इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । मङ्गलबार अबेर राति ...

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

वासिङ्टन / अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ । जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको बृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि ...

बङ्लादेशका २० हजार वेबसाइट बन्द

ढाका / बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सु...

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो / कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाक...

सन् २०१८ मा एचएसबीसीको २० अर्ब डलर नाफा

हङकङ / विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ । मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रि...