अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु

शिकागो, संयुक्तराज्य अमेरिका / अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो । गोली लागेर उक्त अस्पतालका दुई ज...

भियतनाममा बाढी पहिरोमा परी १७ को मृत्यु

हनोई / भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक अाँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका छन् । उक्त आँधी र त्यसपछिको बाढी र पहिरोमा परी ३१ व्यक्ति घाइते भएका र सयौँ घर ध्वस्त भएको सञ्चारमाध्यमले जानकारी दिएका छन् । भियतनाममा सन् २०१७ मा आएको आँधीको कार...

अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते

अफगानिस्तान / अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताउनुभयो । प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए...

दान होस त यस्तोः ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

बाल्टीमोर / संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ । बाल्टीमोरमा रहेको जोन्स ह...

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

हनोई, भियतनाम / दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र अाँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् । भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा प...

फिजीमा ६.७ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

लम्बासा / टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत...

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो

प्याराडाइज / अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताउनुभएको छ । यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा ...

अफगान तालिबानसँग कतारमा वार्ता

इस्लामाबाद / अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरुसँग भन्नुभयो, “मैले वार्तामा बस्न चाहने...

पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

इस्लामावाद / पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ । युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उहाँ युएइ जानु भएको हो । प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकार...

डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार

अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताउनुभयो । क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरु एक हजार...